काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिनाधितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि. कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरे । सम्झौतापछि निगममा न्यूनतम २ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बिनाधितो पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने भएको छ ।
बैक आधारदरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने जनाएको छ । हाल बैंकको आधारदर ५.४१ प्रतिशत रहेको छ । सम्झौताअनुसार निगमका कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्ने भएका छ ।