images
images

तेस्रो महिना सम्हालियो बाह्य क्षेत्र, रेमिट्यान्स घट्दा पनि शोधनान्तर बचतमा


  • 572
    SHARES
  • २०७८ कार्तिक ३० गते मंगलबार

    तेस्रो महिना सम्हालियो बाह्य क्षेत्र, रेमिट्यान्स घट्दा पनि शोधनान्तर बचतमा

    काठमाडौं । साउन र भदौ महिना देशको बाह्य सन्तुलनमा ठूलो असर गर्यो । २ महिनामा देशमा भित्रिने भन्दा देशबाट बाहिरिने विदेशी मुद्रा ह्वात्तै बढ्यो । यही कारण दुई महिनामा मात्रै देशले झन्डै ८३ अर्ब रुपैयाँको शोधनान्तर घाटाको स्थिति व्यहोर्नु पर्यो । 

    तर, तेस्रो अर्थात् असोज महिनाले भने देशको अवस्था सकारात्मक देखाएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको तथ्यांक अनुसार यो अवधिमा देशको शोधनान्तर अवस्था ७६ अर्ब नोक्सानमा रहेको छ । २ महिनामा ८३ अर्ब नोक्सानमा रहेको अवस्था तेस्रो महिना ७६ अर्ब हाराहारीमा झर्नुले असोज महिनामा देशले झन्डै ७ अर्बको शोधनान्तर बचत हासिल गर्न सकेको अवस्था देखाउँछ । 

    नेपाल राष्ट्र बैंकका अनुसार ३ महिनाको यो अवधिमा चालु खाता घाटा भने १ खर्ब ५१ अर्ब पुगेको छ । अघिल्लो महिना यो १ खर्ब ६ अर्बमा सीमित थियो । अघिल्लो वर्ष नेपालको चालु खाता समेत बचत अवस्थामा थियो । लकडाउजकन कारण आयात प्रभावित भएको तर रेमिट्यान्स प्रभावित नभएका कारणले यस्तो खाता बचतमा रहेको थियो । 

    ३ महिनाको अवधिमा २ खर्र्ब ३९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो महिनासम्म १ खर्ब ७१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो महिनासम्म भित्रिएको रेमिट्यान्स भन्दा यो महिनासम्मको गिरावट दर बढी हो । रेमिट्यान्स घट्ने क्रम बढ्दा पनि बाह्य अर्थतन्त्रमा आएको सुधारले विराशाजनक अवस्थामा केही राहत महशुस गराएको छ ।


    images

    Logo