काठमाडौं । नेशनल पेमेन्ट स्वीचका लागि पहिलो चरणमा २९ बैंक तथा वित्तीय संस्था जोडिएका छन् । मंसिर २ गते ती संस्थाबीच सम्झौता भएको हो । एनसीएचएल तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले नेबिहीबारसम्झौता पत्र आदान प्रदान गरेका हुन् ।
सरकार तथा नेपाल राष्ट्र बैंकले समेत प्राथमिकतामा राखेको उक्त स्वीच स्थापनाको लागी नेपाल क्लियरिङ्ग हाउसले स्वीकृति पाएको थियो । यसलाई एनएचसीएलले कार्यान्वयनमा ल्याएको हो । हालसम्म १८ वटा वाणिज्य बैकहरु ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २८ बैंक वित्तिय संस्थाहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्ड बाहेकका भुक्तानी प्रणाली बीच अन्तर आवद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदान गरिने गरी पहिलो चरणका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेकोमा अब यस सम्झौतापश्चात् यसको कार्यान्वयन अघि बढ्ने कम्पनीले जनाएको छ ।
कुन कुन बैंक जोडिए ?
वाणिज्य बैंक
१. कृषि विकास बैंक
२. बैंक अफ काठमाण्डू
३. सेञ्चुरी कमर्शियल बैंक
४. सिटिजन्स बैंक
५. एभरेष्ट बैंक
६. हिमालयन बैंक
७. लक्ष्मी बैंक
८. माछापुच्छ्रे बैंक
९. मेगा बैंक
१०. नबिल बैंक
११. एनसीसी बैंक
१२. नेपाल बंगलादेश बैंक
१३. एनआईसी एशिया बैंक
१४. एनएमबि बैंक
१५. प्रभु बैंक
१६. प्राइम कमर्शियल बैंक
१७. सानिमा बैंक
१८. सनराइज बैंक
विकास बैंक
१. गरिमा विकास बैंक
२. कामना सेवा विकास बैंक
३. लुम्बिनी विकास बैंक
४. महालक्ष्मी विकास बैंक
५. मुक्तिनाथ विकास बैंक
फाइनान्स कम्पनी
१. सेन्ट्रल फाइनान्स
२. गुडबिल फाइनान्स
३. आईसीएफसी फाइनान्स
४. मञ्जुश्री फाइनान्स
५. रिलायन्स फाइनान्स
६. समृद्धि फाइनान्स


