images
images

राष्ट्र बैंकको सर्भेक्षण : मूल्यवृद्धिको अपेक्षा नाकाबन्दीकालको भन्दा बढी


  • 477
    SHARES
  • २०७८ मंसिर ६ गते सोमबार

    राष्ट्र बैंकको सर्भेक्षण : मूल्यवृद्धिको अपेक्षा नाकाबन्दीकालको भन्दा बढी

    काठमाडौं । नेपालको अपेक्षित मूल्यवृद्धि दोहोरो रहेको नेपाल राष्ट्र बैंकको सर्भेक्षणले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रास्फीति अपेक्षासम्बन्धी सर्वेक्षणले यस्तो देखाएको हो ।

    उक्त प्रतिवेदनले अबको १ वर्षमा अपेक्षित मूल्यवृद्धिको मध्यक १०.३ प्रतिशत पुग्ने देखाएको छ । यसैगरी मध्यिका विधिबाट गरिएको सर्भेक्षण भने औसत मूल्यवृद्धि भने ९ प्रतिशतको हाराहारीमा रहने प्रतिवेदनमा उल्लेख छ । आगामी ३ महिनासम्म नेपालको मध्यक मूल्यवृद्धि भने ९.६ प्रतिशत रहने अपेक्षा छ । मध्यिका मुद्रास्फीति ८ प्रतिशत रहने जनाइएको छ । 

    राष्ट्र बैंकले २०७२ सालमा नेपालको औसत मुल्यवृद्धि ९.९ प्रतिशत भएको जनाएको थियो । अहिले जनताले अपेक्षा गरेको मूल्यवृद्धि भने त्योभन्दा पनि बढी रहेको देखिन्छ । यद्यपि, अपेक्षित मूल्यवृद्धि वास्तविक नै हुनुपर्छ भन्ने चाहिँ छैन । बजार सर्भेक्षणमा जनतासँग सोधिएको प्रश्नका आधारमा यस्तो नतिजा  देखिएको हो । 

    त्यसो त, अघिल्लो वर्ष पनि राष्ट्र बैंकले यस्तै सर्भेक्षण गरेको थियो । सो सर्वेक्षणले पनि चालु आर्थिक वर्षको मुद्रास्फीति ९ प्रतिशत भन्दा धेरै रहने अपेक्षा रहेको देखाएको थियो । तर, बजार सर्भेक्षणले भने असोज महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत मात्रै रहेको देखाएको छ । 

    नेपाल राष्ट्र बैंकले मूल्यवृद्धिसम्बन्धी अपेक्षाको सर्भेक्षण गरेको यो दोस्रो पटक हो । यस्तो सर्भेक्षणको नतिजाले नीतिगत सुधारलाई सहयोग गर्ने राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको भनाइ छ।


    images

    Logo