images
images

ऋणपत्र निष्कासन गर्ने दुई वाणिज्य बैंकले पाए बोर्डको अनुमति


  • 621
    SHARES
  • २०८१ चैत्र १७ गते आइतबार

    ऋणपत्र निष्कासन गर्ने दुई वाणिज्य बैंकले पाए बोर्डको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट  दुई वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने अनुमति पाएका छन् । बोर्डबाट एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने अनुमति पाएका हुन्।

    एनआईसी एसियाले ५ अर्ब रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र ल्याउन अनुमति पाएका छन्।

    अब एनआईसी एसिया बैंकले ‘एनआईसी डिबेन्चर’ नाम ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

    एनआईसी एसिया बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

    यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबीएल डिबेन्चर’ नाम ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

    राष्ट्रिय वाणिज्य बैंकको यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।


    images

    Logo