images
images

दोर्दी खोला जलविद्युतको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने


  • 399
    SHARES
  • २०८१ चैत्र १९ गते मंगलबार

    दोर्दी खोला जलविद्युतको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा २०८२, बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।


    images

    Logo