images
images

बैशाख ७ गतेदेखि गतेदेखि ऋणपत्र निष्काशन गर्दै राष्ट्रिय वाणिज्य बैंक


  • 353
    SHARES
  • २०८१ चैत्र २७ गते बुधबार

    बैशाख ७ गतेदेखि गतेदेखि ऋणपत्र निष्काशन गर्दै राष्ट्रिय वाणिज्य बैंक

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०८२ बैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ निष्काशन गर्न लागेको हो।

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

    सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।

    सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख १० गते हुनेछ भने ढिलोमा बैशाख २१ गते हुनेछ।

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।  


    images

    Logo