images
images

कर्णाली प्रदेश सरकारको एक वर्ष : ९५ किलोमिटर सडक कालोपत्र


  • 429
    SHARES
  • २०८१ चैत्र २८ गते बिहीबार

    कर्णाली प्रदेश सरकारको एक वर्ष : ९५ किलोमिटर सडक कालोपत्र

    काठमाडौं । एक वर्षको अवधिमा कर्णाली प्रदेश सरकारले ९५ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । एक वर्षे उपलब्धि सार्वजनिक गर्दै आज मुख्यमन्त्री यामलाल कँडेलले २ सय ५ किलोमिटर सडक ग्राभेल, २३ वटा पक्की पुल, ४२ वटा झोलुङ्गे पुल, ८ वटा सार्वजनिक भवन निर्माण भएको जानकारी दिए ।

    चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १९ प्रतिशत विकास बजेट कार्यान्वयन भएको प्रदेश सरकारको दाबी छ । २०८० साल चैत २७ गते नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बनेका कँडेलले चार महिना नबित्दै २०८१ साउनमै सत्ता साझेदार दल फेर्नु परेको थियो । अहिले नेपाली कांग्रेससँगको सहकार्यमा कँडेल नेतृत्वको सरकार छ ।


    images

    Logo