काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।