काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८०० कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।