काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँ रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १६ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ३०० कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य १० रुपैँयाले बढेको छ । मंगलबार १,९९५ रुपैयाँ रहेको चाँदी आज २ हजार ५ रुपैयाँ पुगेको छ ।