images
images

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नयाँ के छ ?


  • 757
    SHARES
  • २०८२ जेठ १५ गते बिहीबार

    आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नयाँ के छ ?

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा प्रस्तुत भइसकेको छ । मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुँदै गएको भए पनि पूर्ण रुपमा सुधारको बाटो समाती सकेको छैन । यस्तो अवस्थामा सरकारले कस्तो बजेट ल्याउँछ भन्ने चासो सबैतिर हुनु स्वभाविक हो । 

    आगामी आर्थिक वर्षको बजेटमा परेका केही महत्वपूर्ण योजना तथा कार्यक्रमलाई बुँदागत रुपमा केलाइएको छ ।
    – प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम बढ्यो ।
    – आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत ।
    – मूल्यवृद्धि साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्र ।
    – दुई वर्षभित्र चामलमा आत्मनिर्भर ।
    – सरकारी कर्मचारीलाई आगामी साउनदेखि मासिक पाँच हजार महँगी भत्ता ।
    – वृद्धभत्ताको उमेर ७० वर्ष ।
    – बाली लगाउने समयभन्दा १५ दिन अगावै समर्थन मूल्य तोक्ने व्यवस्था ।
    – चार करोड २८ लाख माछाका भुरा उत्पादन र १० लाख फलफूलका बेर्ना वितरण ।
    – आगामी आवभित्र पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा ।
    – भूमि बाँझो राख्न नपाइने नीति, कम्तीमा एक सय स्थानीय तहमा भूमि बैंक ।
    – सहकारीमा पाँच लाखसम्मको बचतको निक्षेप सुरक्षण ।
    – सहकारी ऋण असुली न्यायाधिकरण स्थापना ।
    – आगामी आर्थिक वर्षभित्र राज्य सुविधा परिचयपत्र ।
    – दलित समुदाय लक्षित ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ ।
    – विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई तीन वर्षको भाडा छुट, पुरानोलाई भाडा घटाइयो ।
    – काठमाडौँ उपत्यकाभित्रका उद्योगलाई बाहिर सारिने ।
    – नेपालमा लगानी गर्ने विदेशी लगानीकर्तालाई भवन वा अपार्टमेन्ट लिजमा लिन पाउने व्यवस्था ।
    – आगामी एक वर्षभित्र सात खर्ब बराबरको परियोजना विकास सम्झौता र चार खर्बको आयोजना निर्माण थालनी
    – नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा शाखा खोल्न अनुमति ।
    – निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशत विदेशमा लगानी गर्न पाउने ।
    – नेपाली नागरिकले विदेशी कम्पनीको श्वेट शेयर लिन पाउने व्यवस्था ।
    – दैलेखको पेट्रोलियम खानीको व्यवसायिक उत्पादन ।
    – खानीजन्य वस्तुसँग सम्बन्धित अन्तरराष्ट्रिय सम्मेलन आयोजना ।
    – पेट्रोलमा वायोइथानोल मिश्रण नीति ।
    – सबै प्रदेशमा उपभोक्ता अदालत विस्तार ।
    – होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकरमा छुट ।
    – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने ।
    – निजगढ विमानस्थल निर्माण अघि बढाइने ।
    – सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माण ।
    – अर्घाखाँचीमा पाणिनि ज्ञान उद्यान निर्माण ।
    – आगामी मंसिरदेखि ४० माईक्रोनभन्दा पातलो प्लास्टिक प्रयोग बन्द ।
    – डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा ।
    – नेपालको भू–उपग्रह स्थापनाको आधार तयार पारिने ।
    – चलचित्र छायाङ्कनका लागि स्टुडियो निर्माण ।
    – रोजगार पोर्टल सञ्चालन ।
    – ‘अन द जब’ र  र ‘एपरेन्टसिप’ कार्यक्रम सञ्चालन ।
    – सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम ।
    – विद्यालय गाभ्ने नीति, शिक्षक दरबन्दी पुनरावलोकन ।
    – शिक्षक बैंकको स्थापना ।
    – सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन ।
    – स्वास्थ्य बिमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी ।
    – सबै प्रदेशमा मुटुरोग र क्यान्सर रोगको उपचार विस्तार ।
    – सबै प्रदेशको कम्तीमा एक सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग ।
    – १६ वर्षभन्दा माथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र ।
    – हरेक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस एकेडेमी सञ्चालन ।
    – सार्वजनिक क्षेत्रका कार्यकारी पदमा कम्तीमा ३३ प्रतिशत महिला
    – हिंसापीडित महिलाका लागि मधेस, सुदूरपश्चिम र काठमाडौँमा पुनस्र्थापना केन्द्र
    – हरके वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस ।
    – दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको सबै काम सक्ने ।
    – ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन ।
    – आगामी आवभित्र नागढुङ्गा र सिद्धबाबा सुरूङ निर्माण सम्पन्न ।
    – काठमाडौँ–हेटौँडा रोपवेको विकल्पमा पोडवेको सम्भाव्यता अध्ययन ।
    – पूर्व–पश्चिम रेलमार्ग निर्माण विस्तृत सम्भाव्यता अध्ययन ।
    – एक वर्षभित्र काठमाडौँ–केरुङ रेलमार्गको डिपिआर ।
    – आर्थिक वर्ष २०८२÷८३ भित्र ‘नियो बैंक’ स्थापना गरिने ।
    – सशस्त्र द्वन्द्वका घटनाहरुको छानबिन, राहत र परिपुरणका लागि रु एक अर्बको कोष स्थापना ।
    – करार सेवाका कर्मचारी र अस्थायी तथा राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा ।


    images

    Logo