images
images

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पर्छ ?


  • 758
    SHARES
  • २०८२ जेठ १७ गते शनिबार

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पर्छ ?

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

    निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाएको छ । 

    निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) बाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ०९ पैसाले बढेर आएको छ ।

    नयाँ मूल्यअनुसार अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ ।

    यसैगरी, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँले घटेर नयाँ बिक्री मूल्य ११८ रुपैयाँ कायम भएको छ ।

    खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।

    noc.jpg


    images

    Logo