काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्बार प्रतितोला १ लाख ८८ हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।