जनकपुर । मधेस प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दैछ । प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।
कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले बताए । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको साहको भनाई छ ।