images
images

२६ खर्ब ५४ अर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण


  • 393
    SHARES
  • २०८२ आषाढ ६ गते शुक्रबार

    २६ खर्ब ५४ अर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

    काठमाडौं । नेपालको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ । 

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरू अर्थात् साउनदेखि जेठ मसान्तसम्म सरकारले ४ खर्ब १४ अर्ब १९ करोड ऋण लिएको छ । यही अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ ऋण तिर्ने काम भएको छ ।

    कुल ऋणभार २ खर्ब २० अर्ब ५८ करोडले बढेको छ । कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड रहेको छ भने बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

    आन्तरिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को २२ दशमलव ३१ प्रतिशत र बाह्य ऋण २४ दशमलव २३ प्रतिशत बराबर रहेको छ । कार्यालयका अनुसार कुल सार्वजनिक ऋण जीडीपीको ४३ दशमलव ४७ प्रतिशत बराबर पुगेको छ ।


    images

    Logo