काठमाडौं ।दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनआइएफसी फाएनान्स र स्वाभिमान लघुवित्त प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ २२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् ।
एनआइएफसी फाएनान्सको चुक्त पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित पुष ५ गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि मंसिर २३ गते देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यस्तै, स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष ८ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले मंसिर २३ गते १ दिनको लागि शेयरधनी किताबखाता कन्द गर्ने निर्णय गरेको छ ।
यस अनुसार मंसिर २२ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


