images
images

मध्यपहाडी लोकमार्गको १६ किलोमिटर मात्रै कालोपत्र


  • 452
    SHARES
  • २०७८ मंसिर २६ गते आइतबार

    मध्यपहाडी लोकमार्गको १६ किलोमिटर मात्रै कालोपत्र

    काठमाडौं । मध्यपहाडी लोकमार्गको ८२ किलोमिटर सडकमध्ये १६ मिलोमिटर मात्र कालोपत्र गरिएको छ । बाँकी खण्डमा काम चलिरहेको छ । 

    चिसो मौसमका कारण पुसमा कालोपत्रको काम बन्द हुने निर्माण कम्पनी ‘शर्मा सिंह एण्ड ब्रदर’का प्रतिनिधि विश्वास उप्रेतीले जानकारी दिए । उक्त कम्पनीले ५६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मेवारी पाएको छ । माघ अन्तिमदेखि कालोपत्र पुनः थालिने उनले बताए ।

    थलहबजारस्थित खोलामा पुल निर्माण नहुँदा काम गर्न मुस्किल भएको छ । थलहबाट दैलेखको सिमाना सुयाडासम्मको कामको जिम्मेवारी लामा पिएस जेभी, रैताहा पिके जेभी  र केए जेभीले लिएका छन् । तोकिएको समयभन्दा ढिला काम भइरहेकाले स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । 

    ठूला दुई पुल निर्माण अधुरै 

    रुकुमपश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट दारेगौराका बीचमा अवस्थित भेरी नदीमा निर्माण गर्ने भनिएको भेरी पुल ९ वर्षदेखि निर्माण नहुँदा समस्या भएको छ । निर्माणको जिम्मा पाएको कम्पनीले पुलको जग मात्र राखेर सम्पर्कविहीन भएको छ । यस्तै थलहमा पनि तीन वर्षदेखि पुल निर्माणको जिम्मा पाएको कम्पनीले समयमै काम गर्न सकेको छैन । पुल निर्माण अघि बढाउन तोकेता गरे पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा समस्या भएको मध्यपहाडी लोकमार्गले जनाएको छ । 


    images

    Logo