images
images

ग्लोबल आईएमई बैंकको १३.५ प्रतिशत लाभांश पारित


  • 351
    SHARES
  • २०७८ मंसिर २७ गते सोमबार

    ग्लोबल आईएमई बैंकको १३.५ प्रतिशत लाभांश पारित

    काठमाडौं । ग्लोबल आईएमई बैंकको १३.५ प्रतिशत लाभांश पारित  भएको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा  बसेको सो बैंकको पन्ध्रौँ वार्षिक साधारणले प्रस्तावित  १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद पारित गरेको हो । 

    सभामा बैंकका अध्यक्ष कल्याण बन्धु अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७÷०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पनि स्वीकृत गरेको छ ।

    साधारणसभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७÷७८को प्रतिवेदन प्रस्तुतगर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाकालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । 

    बैंकले सदाझै  आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलितरुपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने उनले  बताए । कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवाप्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पुर्याउनलागी परेको पनि उनले  जानकारी गराए ।


    images

    Logo