काठमाडौं । सोमबार पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस अघि आइतबार २ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ ।