images
images

टेलिकमको नाफा ५ अर्ब ८८ करोड, बिजनेस बढ्दा नाफा घट्नुका यी हुन ४ कारण 


  • 424
    SHARES
  • २०७८ बैशाख ३० गते बिहीबार

    टेलिकमको नाफा ५ अर्ब ८८ करोड, बिजनेस बढ्दा नाफा घट्नुका यी हुन ४ कारण 

    काठमाडौं । नेपाल टेलिकमले ९ महिनामा ५ अर्ब ८८ करोड नाफा कमाएको छ । टेलिकमले बिहीबार प्रकाशित गरेकने वित्तीय विवरणमा सो नाफा देखाइएको हो । १५ अर्बको चुक्ता पुँजी भएको टेलिकमको यो नाफा वार्षिक आधारमा करिब ५२.३१ रुपैयाँ हो । 

    अघिल्लो वर्ष सोही अवधिमा टेलिकमले ७ अर्ब ५६ करोड आम्दानी गरको थियो । यो वर्ष कमाएको नाफा अघिल्लो वर्षको नाफाभन्दा २२ प्रतिशतले कम हो । 

    टेलिकमको नाफा यसरी घट्नुमा मर्मत लागत बढी हुनु, विदेशी विनिमयमा नोक्सान हुनु प्रमुख कारण रहेका छन् । अघिल्लो वर्ष विदेशी विनिमयबाट टेलिकमले १ अर्ब ८ करोड नाफा गरेकोमा यो वर्ष ४० करोड रुपैयाँ घाटा व्यहोरेको छ । 

    मर्मत लागतमा अघिल्लो वर्ष ४ अर्ब ९० करोड खर्च गरेकोमा यो बढेर ५ अर्ब ५३ करोड पुगेको छ । टेलिकमले तिर्नुपर्ने कर ३ अर्ब ७४ करोडबाट बढेर ४ अर्ब १५ करोड हुँदा पनि यसले नाफालाई खुम्च्याएको छ । 

    उता यो वर्ष टेलिकमले गरेको लगानीको प्रतिफल समेत न्यून छ । अघिल्लो वर्ष ५ अर्ब ४३ करोड रहेको प्रतिफल यो वर्ष घटेर ४ अर्ब २२ करोडमा झरेको छ । बैंकमा राखिएको निक्षेपको ब्याज घट्दा यसको असर आम्दानीमा देखिएको हो । 

    यो वर्ष टेलिकमको ग्राहकबाट संकलित आम्दानी (कोर बिजिनेस) भने करिब ६२ करोडले बढेर २७ अर्ब ४५ करोड पुगेको छ । 

     

     


    images

    Logo