images
images

६ महिनामा वीरगञ्ज नाकाहुँदै ४ खर्ब ३८ अर्बको सामान भित्रियो


  • 155
    SHARES
  • २०८२ माघ १२ गते सोमबार

    ६ महिनामा वीरगञ्ज नाकाहुँदै ४ खर्ब ३८ अर्बको सामान भित्रियो

    वीरगञ्ज ।  वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ । 

    गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको छ महिनामा भने रू तीन खर्ब ८० अर्ब छ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको छ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए ।

    चालु आवको छ महिनामा रू ९० अर्ब छ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । रू ३९ अर्ब तीन करोड मूल्यपर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । चालु आवको छ महिनामा रू ३० अर्ब एक करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने रू २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ । 

    सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै रू १९ अर्ब चार करोड मूल्य पर्ने कपडाहरु आयात भएका छन् । 


    images

    Logo