काठमाडौं । लगानीकर्ताहरु सस्तो शेयरमा झुम्मिन थालेपछि हाइड्रोपावर र फाइनान्स कम्पनीहरुको शेयरमूल्य आकाशिएको छ । साताको अन्तिम दिन बिहीबारको कारोबारको पहिलो घण्टामै यी समूहहरुका शेयरमा आकर्षण देखिएको हो ।
बजारमा दिव्यश्वरी, जोशी, खानीखोला युनियन, आँखुखोला लगायत हाइड्रो र वेष्ट फाइनान्स, गुह्वेश्वरी फाइनान्स लगायतको शेयरमूल्य आज उच्च दरमा बढेको छ ।