images
images

सुनको मुल्य एकैदिन १३ हजारले घट्यो, कति पर्छ तोलाको ?


  • 287
    SHARES
  • २०८२ माघ १९ गते सोमबार

    सुनको मुल्य एकैदिन १३ हजारले घट्यो, कति पर्छ तोलाको ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १३ हजार ६ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला  ५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।


    images

    Logo