images
images

विश्व बैंकबाट नेपाललाई करिब १४ अर्ब रुपैयाँ बराबरको सहयोग स्वीकृत


  • 225
    SHARES
  • २०८२ माघ २० गते मंगलबार

    विश्व बैंकबाट नेपाललाई करिब १४ अर्ब रुपैयाँ बराबरको सहयोग स्वीकृत

    काठमाडौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच सुदृढ गर्दै रोजगारीमुखी आर्थिक वृद्धि प्रवर्द्धन गर्ने उद्देश्यसहित ९ करोड ५० लाख अमेरिकी डलर (झण्डै १३ अर्ब ९७ करोड रुपैयाँ) बराबरको परियोजना स्वीकृत गरेको छ ।

    अमेरिकाको वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त परियोजनाबाट एक लाखभन्दा बढी साना तथा मझौला उद्यम लाभान्वित हुनेछन् । परियोजनाले जोखिम साझेदारीको दायरा विस्तार गर्ने, वित्तीय प्रणालीको दिगोपन मजबुत बनाउने तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन चरणसम्म पुर्‍याउन निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डीसीजीएफ) लाई थप सुदृढ गर्ने लक्ष्य राखेको छ ।

    माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनका अनुसार यो परियोजनाले वित्तीय पहुँचलाई सरल बनाउँदै व्यवसायिक अवरोध घटाउने, वित्तीय समावेशिता विस्तार गर्ने तथा एमएसएमईलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा जोड्न सहयोग पुर्‍याउनेछ । यसले निजी क्षेत्रको नेतृत्वमा रोजगारी सिर्जनामा समेत महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिएको छ ।

    ‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा सन् २०२४ मा सम्पन्न वित्तीय क्षेत्रको स्थायित्व र आर्थिक वृद्धिका लागि कार्यान्वयन गरिएको वित्तसम्बन्धी विकास नीतिगत कर्जा (डीपीसी) शृङ्खलाअन्तर्गत गरिएका सुधारहरूको निरन्तरता रहेको जनाइएको छ ।


    images

    Logo