images
images

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर


  • 163
    SHARES
  • २०८२ फाल्गुण २७ गते बुधबार

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य  दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला  तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ । 

    हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४१० मा कारोबार भएको थियो । 


    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


    images

    Logo