images
images

वीरगञ्ज नाकाबाट ७ महिनामा झण्डै छ खर्बको आयात


  • 196
    SHARES
  • २०८२ चैत्र १३ गते शुक्रबार

    वीरगञ्ज नाकाबाट ७ महिनामा झण्डै छ खर्बको आयात
    वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा  ५८ अर्ब ९१ करोडअर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ ।
     
    गत आवको सात महिनामा भने  पाँच अर्ब ३६ करोड ५५ करोड मूल्य पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले यो नाका हुँदै आयात हुनेमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सरसमानको हिस्सा उल्लेखनीय रहेको बताए । 
     
    वीरगञ्ज हुँदै चालु आवको सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड मूल्य पर्ने पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको छ भने सोही अवधिमा ५२ अर्ब ७५ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात भएको छ ।
     
    साथै ४२ अर्ब ४८ करोड मूल्य पर्ने मेसिनरी पार्टपुर्जा,४१ अर्ब २० करोड मूल्य पर्ने भटमासको कच्चा तेल, ३० अर्ब ९१ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा,२८ अर्ब ५९ करोड मूल्य पर्ने मलखाद र २३ अर्ब ७१ करोड मूल्य पर्ने कपडाहरु आयात भएका छन् । 

     


    images

    Logo