images
images

सुनचाँदीको मूल्य  फेरि बढ्यो, तोलामा कति ?


  • 128
    SHARES
  • २०८२ चैत्र १५ गते आइतबार

    सुनचाँदीको मूल्य  फेरि बढ्यो, तोलामा कति ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा ५ हजारले र चाँदी ५० ले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला २ लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ७२० कायम भएको छ । 

    गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ६७० कायम भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


    images

    Logo