images
images

लघुवित्त बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘राष्ट्र बैंकले भनेजस्तो मर्जर सजिलो छैन’


  • 1.1K
    SHARES
  • २०७८ पौष १९ गते सोमबार

    लघुवित्त बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘राष्ट्र बैंकले भनेजस्तो मर्जर सजिलो छैन’

    काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले राष्ट्र बैंकले लघुवित्त संस्थाहका लागि ल्याएको मर्जर नीति व्यवहारिक रुपमा कठिन भएको जनाएको छ । संस्थाका अध्यक्ष प्रकाशराज शर्माले यो राष्ट्र बैंकले ल्याएको १० प्रतिशत र ५१ प्रतिशतसम्बन्धी दुवै नीति कार्यान्वयनमा व्यवहारिक रुपमा कठिन भएको बताए । 

    अध्यक्ष शर्माले राष्ट्र बैंकले ल्याएको नीति हेर्दा १० प्रतिशत भन्दा बढी क्रस होल्डिङ भएका लघुवित्तलाई भएका लघुवित्तलाई एकआपसमा मर्ज गराउन चाहेको जस्तो देखिएको पनि यसबारे आफूहरु समेत प्रष्ट हुन नसकेको बताए । 
    ‘सर्कुलरबारे राष्ट्र बैंकसँग छलफल हुन पाएको छैन । तर, १० प्रतिशत र ५१ प्रतिशतको दुईवटा व्यवस्थाबाट क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जर गर्न खोजिएको जस्तो देखिन्छ,’ शर्माले भने, ‘तर, यो व्यवहारिक रुपमा कठिन छ । एउटै बैंकले ५÷७ वटासम्म बैंकमा १० प्रतिशतभन्दा धेरै लगानी गरेका छन् । सबै कसरी मर्जरमा जान सक्छन् ?’

    यद्यपि यस्ता संस्थालाई अहिले नै मर्जरमा जान नभनेको र असार मसान्तसम्म मर्जरमा जाने कार्ययोजना बनाउन मात्रै भनेकोले यसबारे राष्ट्र बैंकसँग छलफल गरेर मात्रै आधिकारिक धारणा बनाउने शर्माको भनाइ छ ।


    images

    Logo