काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ३१ जिल्लामा वडा अधिवेशन आज पनि जारी रहने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । ती अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेकका ३१ जिल्लामा आज वडा अधिवेशन सञ्चालन हुने कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । महाधिवेशनका लागि पार्टीले वडा तहदेखि क्रमशः अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ ।