images
images

प्रधानमन्त्री राहत कोषमा झण्डै १५ अर्ब, बाढी प्रभावितका लागि एक अर्ब निकासा


  • 157
    SHARES
  • २०८३ आश्विन ५ गते सोमबार

    प्रधानमन्त्री राहत कोषमा झण्डै १५ अर्ब, बाढी प्रभावितका लागि एक अर्ब निकासा

    काठमाडौँ, ५ असोज: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावितको राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम बढिरहेका बेला प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ मौज्दात पुगेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कोषमा हाल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात छ। सरकारले यही कोषमा जम्मा भएको रकममध्ये यसअघि बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

    कार्यालयका अनुसार कोषको रकममध्ये विभिन्न नौ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा छ।

    त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा दुई करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर मौज्दात रहेको छ।

    रसुवाको भोटेकोशीमा आएको बाढीबाट ठूलो क्षति भएपछि प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी कोषमा सहयोग रकम जम्मा हुने क्रम बढेको हो। सरकारले कोषमा जम्मा भएको रकम बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा प्रयोग गर्दै आएको छ।




    images
    images

    Logo