images
images

प्रधानमन्त्री शाह आज अमेरिका जाँदै


  • 77
    SHARES
  • २०८३ आश्विन ६ गते मंगलबार

    प्रधानमन्त्री शाह आज अमेरिका जाँदै
    फाइल फोटो

    काठमाडौँ, ६ असोजः प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।

    प्रधानमन्त्री शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको अपराह्न ४ः१५ बजेको उडानमार्फत न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन्।

    प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य सहभागी छन्। परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रतिनिधिमण्डलमा रहने छन्।

    प्रधानमन्त्री शाहले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

    प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।




    images
    images

    Logo