images
images

काठमाडौंमा एलपी ग्यासको आपूर्ति बढ्यो, एकै दिन ५० हजारभन्दा बढी सिलिन्डर भित्रिए


  • 119
    SHARES
  • २०८३ आश्विन ६ गते मंगलबार

    काठमाडौंमा एलपी ग्यासको आपूर्ति बढ्यो, एकै दिन ५० हजारभन्दा बढी सिलिन्डर भित्रिए

    काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव कम गर्न आपूर्ति बढाइएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा ५० हजार ८०८ थान एलपी ग्यासका सिलिन्डर भित्रिएका छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उक्त अवधिमा १६२ बुलेट एलपी ग्यास उपत्यका ल्याइएको हो । ग्यासको आपूर्ति सहज बनाउन मन्त्रालयले नेपाल आयल निगम, ग्यास उद्योगी तथा व्यवसायीसँग समन्वय गरी ढुवानी तथा वितरणलाई प्राथमिकतामा राखेको जनाएको छ ।

    नेपाल आयल निगमको वीरगन्ज शाखाको दैनिक बिक्री विवरणअनुसार सो अवधिमा २ हजार ९८२ दशमलव ४५० मेट्रिक टन ग्यास बिक्री तथा ढुवानी भएको थियो । त्यसबाट उपत्यकाका लागि मात्रै ५० हजार ८०८ थान सिलिन्डर पठाइएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय ग्यासको आपूर्ति असहज हुँदा उपभोक्ताले समस्या भोग्दै आएका थिए । विशेषगरी गृहिणी, विद्यार्थी तथा दैनिक खाना पकाउन एलपी ग्यासमा निर्भर उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न वितरण प्रणालीलाई थप व्यवस्थित बनाइएको मन्त्रालयको भनाइ छ ।

    मन्त्री दीपककुमार साहको नेतृत्वमा सम्बन्धित निकाय, ग्यास उद्योगी तथा व्यवसायीसँग निरन्तर समन्वय गरी आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ ।


    images
    images

    Logo