images
images

हुण्डीमार्फत अर्बौंको कारोबार, धरानबाट महिला पक्राउ


  • 56
    SHARES
  • २०८३ आश्विन ९ गते शुक्रबार

    हुण्डीमार्फत अर्बौंको कारोबार, धरानबाट महिला पक्राउ

    काठमाडौं । अवैध हुण्डीमार्फत एक अर्ब बढीको कारोबार गर्ने एक  महिला धरानबाट पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अवैध हुण्डीमार्फत एक अर्ब तीन करोड ८४ लाख ७५ हजार ८४५ कारोबार गरेको आरोपमा सुनसरीकाे धरान उपमहानगरपालिका–१३ की ज्योति शाहीलाई बिहीबार पक्राउ गरेको हो ।

    ब्युरोका प्रवक्ता अनुपमशमशेर जबराले श्रमिकले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामार्फत कारोबार गरेको सूचनाका आधारमा शाहीलाई पक्राउ गरिएको बताए । विदेशबाट प्राप्त रकमलाई स-साना भागमा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका बैंक खातामा पठाउने गरेको र सोही माध्यमबाट हुण्डी कारोबार सञ्चालन गरेको खुलेको सीआईबीले जनाएको छ ।

    घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा दर्ता रहेको ‘शाही मनि ट्रान्सफर’को नामबाट कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत ५२ वटा वित्तीय संस्थामा उक्त रकम कारोबार गरेको पाइएको छ । हुण्डीसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमति लिई शाहीलाई धरानको खैरेनीबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।




    images
    images

    Logo