काठमाडौं । एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाली टोलीले पहिलाे खेल खेल्दैछ । आज बिहान पाैने ११ वजे जापानमा हुने साे खेलमा नेपाल र अफगानिस्तान आमने सामने हुनेछन् ।
समूह ए मा रहेको अफगानिस्तानले पहिलो खेल खेलिसकेको छ। पहिलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो।
दुई समूहमा विभाजित ६ टोली मध्ये शीर्ष दुईले क्वार्टर फाइनलमा स्थान बनाउनेछन्। क्वार्टर फाइनलमा समूहका विजेता र उपविजेताले भारत, श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग खेल्नेछन्।
नेपाल समूह विजेता बनेको खण्डमा श्रीलङ्कासँग र उपविजेता बनेको खण्डमा भारतसँग क्वार्टर फाइनलमा भेट गर्नेछ।
दिपेन्द्रकाे कप्तानीमा रहेको नेपाल १२ बर्ष अघिको हारकाे बदला लिने उदेश्य सहित मैदानमा उत्रने छ ।



