काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले हकप्रद शेयरको लिलामि स्थगित गरेको छ । कम्पनिले शुक्रबार सुचना जारी गर्दै उक्त निर्णय गरेको हो ।
नेपाल धितोपत्र बोर्डको पत्र अनुसार अर्को सूचना जारी नभएसम्मका लागि लिलामी शेयर विक्री बन्द गरिएको कम्पनीले जनाएको छ ।
फागुन १ गतेदेखि संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामी खुला गरेको थियो । यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।
एचआईडीसीएलले यसअघि १ः१ बराबर हुनेगरी हकप्रद शेयर निष्कासन गरेको थियो । उक्त निष्कासनमा आवेदन नपरेका शेयरका लागि कम्पनीले लिलामीमार्फत् बिक्री खुला गरेको थियो ।