images
images

प्रभु बैंकबाट लगानी झिक्दै सतीश मोर,  क-कसले बेच्दैछ १७ लाख कित्ता शेयर ?


  • 2.1K
    SHARES
  • २०७८ चैत्र २ गते बुधबार

    प्रभु बैंकबाट लगानी झिक्दै सतीश मोर,  क-कसले बेच्दैछ १७ लाख कित्ता शेयर ?

    काठमाडौं । प्रभु बैंकको १७ लाख कित्ता भन्दा बढी शेयर एकै पटक बिक्री गर्न लागिएको छ । विभिन्न ५ जनाको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागिएको हो । 

    संस्थापक शेयरधनीहरु खगेन्द्र भट्टचनको १,२५,००० कित्ता, श्रवण कुमार मोरको  २,५८,७७५ कित्ता, राजकुमार मोरको २,६८,८०० कित्ता, शतीशकुमार मोरको ३,५२,८०० कित्ता, सुरेश प्रसाद चौधरीको २ लाख कित्ता र ध्रुवचन्द्र धितालको ५,५७,५४९ कित्ता शेयर बिक्री गरिदिनका लागि बैंकमा आवेदन परेको छ । त्यसमध्ये सतीशकुमार मोर नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हुन् । 

    उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन आह्वान गरिएको छ । संस्थापक शेयरधनीबाट माग नभए सर्वसाधारणमा बिक्री गरिने समेत उल्लेख गरिएको छ । 


    images

    Logo