काठमाडौं । नेपाल फाइनान्सलाई हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डले स्वकृती दिएको छ । बोर्डले फाइनान्स कम्पनीलाई ७० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।
कम्पनीले १०ः७ का अनुपातले हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले ३४ करोड ५४ लाख रुपैयाँ बराबरको ३४ लाख ५४ हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ ।
उक्त हकप्रद निष्काशन बिक्रि प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटल नियुक्त गरेको छ । फाइनान्सले चैत ८ गते हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।


