images
images

नेप्से आरोलो लाग्ने क्रममा 


  • 398
    SHARES
  • २०७८ जेठ १७ गते सोमबार

    नेप्से आरोलो लाग्ने क्रममा 

    काठमाडौं । सोमबार नेप्से परिसूचक ४५.२५ अंकले घटेर २७८२.६८ अंकमा झरेको छ ।

    आजको दिनमा कुल २ करोड ९५ लाख ११ हजार ६२२ कित्ता सेयर १३ अर्ब ३६ करोड ७९ लाख ४१ हजार ९५६ रुपैयाँमा कारोबार भएको छ ।

    यो दिन १६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४६ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

    यो दिन सबैभन्दा बढी कमाउने कम्पनीमा राधी विद्युत् कम्पनी, सेन्ट्रल फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास कम्पनी, गुँरास फाइनान्स र सोल्टी होटल छन् ।

    त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा बरुण हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, छ्याङदी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड कम्पनी छन् ।


    images

    Logo