images
images

त्रिपुरेश्वरमा बससंगै जलेका चालकको मृत्यु


  • 63
    SHARES
  • २०८३ आश्विन ६ गते मंगलबार

    त्रिपुरेश्वरमा बससंगै जलेका चालकको मृत्यु

    काठमाडौं । राजाधानीको त्रिपुरेश्वरमा सोमबार बसभित्रै आत्मदाह प्रयास गरेका चालकको उपचारकै क्रममा मृत्यु भएको छ । सोमबार बेलुका नाम थर वतन खुल्न नसकेको चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर थापाले बससंगै जलेका चालकको सोमवार बेलुका नै उपचारका क्रममा मृत्यु भएको बताए । थापाका अनुसार मृतकको हालसम्म नाम, थर र वतन खुल्न सकेको छैन । 

    यसअघि उनको साथमा दावा लामा नामका कागजात फेला परेको आधारमा प्रहरीले सोही जानकारी गराएको भए पनि उनी दावा हुन् कि होइनन् भन्ने पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । हालसम्मआफन्त कोही सम्पर्कमा नआएको प्रहरीको भनाई छ ।  

    काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुनुअघि बसका चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो । मृत्यु हुनेमा रिद्धिसिद्धी यातायातको बा५ख ४२७६ नम्बरको बसका चालक रहेको बताइएको छ । 

    ती चालक र ट्राफिक प्रहरीबस्च जरिबानाको विषयलाई लिएर विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसको केही समयपछि चालक लामाले गाडी त्रिपुरेश्वर चोकबाट केही अगाडि राहदानी विभागको भवननजिकको बस स्टपमा रोकेका थिए ।  

    त्यही रोकिरहेको बसमा सोमबार मध्याह्न सवा १२ बजेतिर आगलागी भएको थियो । आगलागीमा परी चालक गम्भीर घाइते भएपछि उनलाई कीर्तिपुर वर्न अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भए पनि अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।




    images
    images

    Logo