images
images

शेयर बजारको उत्साह फेरी पनि टिक्न सकेन, २४ अंकले घट्यो नेप्से


  • 525
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    शेयर बजारको उत्साह फेरी पनि टिक्न सकेन, २४ अंकले घट्यो नेप्से

    काठमाडौं । शेयर बजारको उत्साह फेरी पनि टिक्न सकेको छैन् । सोमबार बढेर बन्द भएको शेयर बजार मंगलबार फेरी घटेको छ । सोमबार ५५ अंकले बढेको शेयर बजार मंगलबार २४.८३ अंकले घट्न पुगेको हो । यसरी शेयर बजारमा गिरावट आउँदा २ हजार ४१ दशमलव ६ विन्दुमा अडिएको छ । 

    मंगलबार २ सय २१ स्क्रिपको २ अर्ब ७३ करोड रुपैयाँ बराबरको ६४ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ । आज १२ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ६९ कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर आएको छ । हिजो सवै उपसुचकमा हरियाली छाएको थियो भने आज सवै उपसुचकममा राताम्मे भएका छन् ।  जस मध्ये हाइड्रो समुह सबैभन्दा धेरै ३.१६ प्रतिशत घटेको छ भने विकास बैंक समुह २.६८ तथा फाइनान्स समुह २.६२ प्रतिशतले घटेको छ ।

    आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर किनबेच भएको छ । कम्पनीको ४० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    त्यस्तै, शिवम् सिमेन्टको८ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ५ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ५ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार अपर हेवाखोला हाइड्रोपावरको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।


    images

    Logo