काठमाडौं । अरुण काबेली पावरले हकप्रद शेयर निष्काशनको विद्युत नियमन आयोगबाट अनुमति पाएको छ ।आयोगले अरुणलाई १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
अरुण काबेलीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद सेयर बिक्री गर्न अयोगसँग स्वीकृति मागेको थियो । उक्त हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
यसका साथै धितोपत्र बोर्डबाट सम्पूर्ण प्रक्रिया पुरा भई स्वीकृति भएपछि कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्नेछ ।



