images
images

इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 690
    SHARES
  • २०७९ भाद्र २१ गते मंगलबार

    इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि सो आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा अब भदौ २८ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको ६ लाख २० हजार कित्ता आईपीओ निष्काशन गरेको छ। सो शेयरमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पुर्ण स्थायी बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केट रहेको छ। इच्छुक लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।


    images

    Logo