काठमाडौं । एशियन लाइफ इस्योरेन्सको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । कम्पनीले विद्यमान रहेका केही संस्थापक शेयर धनीको नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो ।
केही संस्थापकहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले बीमकको संस्थापक शेयर कारोबार सम्बन्धि निर्देशक २०७७ अनुसार बिक्री प्रकृया अघि बढाउने निर्णय गरेको कम्पनीले जनाएको छ ।
उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र इस्योरेन्समा आवेदन दिनुपर्ने छ । उक्त समयमा तोकिएको आवेदन नपरेमा सर्वासधारणलाई विक्री गरिने इस्योरेन्सले जनाएको छ ।


