images
images

आईपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टले साधारणसभा बोलायो, के छन् एजेन्डा ? 


  • 962
    SHARES
  • २०७८ जेठ २६ गते बुधबार

    आईपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टले साधारणसभा बोलायो, के छन् एजेन्डा ? 

    काठमाडौं । बुक बिल्डिङ विधिमार्फत् आईपीओ निष्कासन गर्ने आन्तरिक तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले विशेष साधारणसभा बोलाएको छ । बोनस शेयर प्रस्ताव पारित गर्ने र कम्पनीको प्रबन्धपत्र संशोधनका लागि सर्वोत्तमले साधारणसभा बोलाएको हो । 

    मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले असार १० गते तीनकुनेमा बस्नेगरी साधारणसभा बोलाएको जनाइएको छ । सो साधारणसभाले हाल ३ अर्ब ४० करोड चुक्ता पुँजी रहेकोमा १९.११८ प्रतिशत बराबर हुन आउने ६५ करोड रुपैयाँ बराबरको पुँजी थप गरी ४ अर्ब १५ करोड पुर्याउने प्रस्ताव गर्नेछ ।

    बोनस शेयर तथा त्यसमा लाग्ने करबापतको नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सो सभामा पेश भइ पारित हुनेछ । 


    images

    Logo