images
images

शेयर बजारमा दोहोरो अंकको करेक्सन, ३ हजार पुग्ने लक्ष्यमा धक्का


  • 621
    SHARES
  • २०७८ जेठ २६ गते बुधबार

    शेयर बजारमा दोहोरो अंकको करेक्सन, ३ हजार पुग्ने लक्ष्यमा धक्का

    काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार परिसूचक (नेप्से) घटेको छ । सो दिन नेप्से परिसूचक १३.५६ अंकले घट्दा समग्र परिसूचक २९४६.५८ विन्दुमा झरेको हो । 

    आज बजारमा १६ अर्ब ९९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । बजार घटेसँगै नेप्सेको ३ हजारको लक्ष्य एक तह पछि धकेलिएको छ । 

    बजार घटे पनि आज उत्पादनमूलक र ब्यापारमूलक क्षेत्र उचालिएको छ । विकास बैंक क्षेत्रमा भने सबैभन्दा धेरै गिरावट आएको छ । 

    आज बजारमा १ सय ८१ कम्पनीको कारोबार भएकोमा ११६ कम्पनीको मूल्य घट्दा ६० कम्पनीको मूल्य मात्रै बढ्यो । बजार गिरावटका बाबजुद आज नेपाल इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, वरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । 

    घट्ने कम्पनीमध्ये भने युनाइटेड इदी मर्दी हाइड्रोपावरको मूल्यमा मात्रै नकारात्मक सर्किट ब्रेकर लागेको छ ।  

    market-sc.JPG


    images

    Logo