काठमाडौं । केही दिन अघि जीवन विकास लघुवित्तले आईपीओ निष्काशनको मिति तय गरेको थियो । सो कम्पनीको आईपीओ निष्काशन अझै भईसकेको छैन । कम्पनीले आगामी शुक्रबार अर्थात् २०७८ असार ११ गतेबाट आईपीओ जारी गर्ने भएको हो ।
साथै, मनकामना स्मार्ट लघुवित्तले पनि आईपीओ निष्काशनको मिति तोकेको छ । सो लघुवित्त कम्पनीले २०७८ असार १७ गतेदेखि २१ गतेसम्मका लागि आईपीओ निष्काशनको मिति तोकेको हो । कम्पनीले कुल जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२।११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सो शेयरमध्ये ६०५८ कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ भने १९४५० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता शेयर भने सर्वसाधारणलाई प्रदान गरिनेछ । कम्पनीको शेयरमा आवेदन गर्नेमध्ये भाग्यमानी ३६ हजार ३ सय ४९ जनाले १० कित्ताका दरमा शेयर प्राप्त गर्न सक्नेछन् ।