images
images

बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको ६० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि आउँदै


  • 867
    SHARES
  • २०७८ आषाढ ११ गते शुक्रबार

    बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको ६० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि आउँदै

    काठमाडौं । सर्वोत्तम सिमेन्टको विषेश साधारणसभाले ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले जारी गर्ने उक्त आईपीओ सर्वसाधारणका लागि हो । 

    बिहीबार सम्पन्न सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरू बीचको पुँजीको अनुपात ८७.१० ः १२.९० हुने गरी मिलान गरी आईपीओ निष्काशन गर्ने तयारी कम्पनीको विशेष साधारणसभाले पास गरेको हो ।  

    यसरी शेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ विधि बाट जारी गर्ने निर्णय गरेको हो ।

    सर्वोत्तमले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ ।

    विशेष साधारणसभाले आर्थिक वर्ष २०७६।७७ सम्मको मुनाफावाट हालको चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय समेत गरेको छ । 


    images

    Logo