काठमाडौं । सरकारी बैंकको कोष प्रवद्र्धनको पहिलो म्युचुअल फण्ड आउने भएको छ । पूर्ण सरकारस् स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक र सहायक कम्पनी आरबीबी क्यापिटल कोष व्यवस्थापक रहेको आरबीबी म्युचुअल फण्ड १ नामको म्युचुअल फण्डलाई नपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
यो फण्डको आकार आकार १ अर्ब र परिपक्व हुने अवधि ७ बर्षको रहनेछ । यो क्लोज इन्ड म्युचुअल फण्डको योजना हो ।
सरकारी बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक मात्रै मर्चेन्ट बैंकिङ सञ्चालन गर्ने एकमात्र बैंक हो । यो म्युचुुअल फण्ड आरबीबी क्यापिटलको पहिलो म्युचुअल फण्ड समेत हो ।