images
images

घट्दो बजार खुम्चिएको कारोबार : शेयर बजारको संकेत के हो ?


  • 1.0K
    SHARES
  • २०७८ आषाढ १६ गते बुधबार

    घट्दो बजार खुम्चिएको कारोबार : शेयर बजारको संकेत के हो ?

    काठमाडौं । साताको चौथो दिन बुधबार पनि शेयर बजार परिसूचक घटेको छ । बुधबार बजार परिसूचक ४.८२ प्रतिशतले घटेर २८२३.२७ अंकमा झरेको हो । सो दिन बजारमा ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । 

    निषेधाज्ञा सहज भएको पछिल्लो समयदेखि शेयर बजारको परिसूचक र कारोबार दुवैमा संकुचन आएको छ । शेयर बजार घट्दै जाँदा कारोबार रकममा समेत गिरावट आउँदै गएको हो । केही दिन अघिसम्म दैनिक १७÷१८ अर्ब बराबरको कारोबार हुने बजारमा अहिले एक तिहाई भन्दा कममा सीमित भएको हो । 

    बजारमा कारोबार यसरी घट्नुलाई शेयर बजारका जानकारहरु लगानीकर्ताको ध्यान शेयर बजारभन्दा बाहिर जानुको रुपमा अथ्र्याउँछन् । निषेधाज्ञा खुला भएसँगै विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरु आफ्नो क्षेत्रमै केन्द्रित भएको र शेयर बजारमा संलग्न नभएका कारण पछिल्लो समय कारोबार घटेको उनीहरुको अनुमान छ । 

    त्यस्तै बजार परिसूचक घट्नुमा पनि शेयर बजारमा लगानी गरेका लगानीकर्ताले नाफा बुकिङ गरेर शेयर बजारबाट बाहिरिन चाहेको रुपमा हेरिएको छ । 

    तर, पछिल्लो दिनमा खुम्चिँदै गएको कारोबार भने बजारकै कारण भएको भन्नेहरु पनि छन् । निषेधाज्ञा नहुँदा पनि बजारमा सामान्यतया ८÷१० अर्बको कारोबार हुने गरेको थियो । त्यसैले १० अर्बको हाराहारीको कारोबारलाई औसत कारोबार मान्न सकिने जानकारहरु बताउँछन् । तर अहिले कारोबारको आकार औसतभन्दा पनि तल गइसकेको छ । 
    घट्दो बजार र घट्दो कारोबारलाई सामान्यतया घटेको मूल्यमा बिक्रेताले शेयर बिक्री गर्न नचाहेको अवस्थालाई बुझाउँछ । यसले निकट भविष्यमै परिसूचक बढ्ने संकेत गर्ने विज्ञहरुको भनाई छ । अहिले खुम्चिएको कारोबार र परिसूचकले पनि अल्पकालिन बजार वृद्धिको संकेत गर्ने विज्ञहरुको तर्क छ । 


    images

    Logo